असार २४, २०८२ मंगलबार July 8, 2025

पुरानो संसद भवन भत्काउन विकास समितिको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ ।

मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि पुरानो संसद भवन भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको छ ।

भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ । समिति सभापति कल्याणी खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।

‘बचाएर कतिसम्म उपयोग गर्न सक्छौं ? यसलाई यथावत राख्न सक्ने देखिँदैन’ उनले भनिन् । पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालय भवन भत्काएर नयाँ बनाउनुपर्ने पक्षमा देखिए पनि पूरातत्व विभागले नभत्काई अहिलेकै स्वरुपमा प्रबलीकरण गर्नुपर्ने बताएको थियो ।

शहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले सिंहरदरबारभित्र रहेको पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने विज्ञको राय रहेको बताएका छन् । ‘प्रबलिकरण गरेर बचाउन सकिन्छ तर बचाएर के गर्ने ? त्यसकारण यसलाई भत्काएर अत्याधुनिक स्टेट गेस्ट हाउस वा स्टेट हल बनाउने प्रस्ताव विज्ञबाट आएको छ । तर हामी नर्क्यौलमा पुगेको छैन’ उनले भने ।

पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले विदेशी पाहुना आउँदा मिटिङ गर्ने डिनर गर्ने हल चाहिने परराष्ट्र मन्त्रालयको माग रहेको र त्यसलाई सम्बोधन गर्न स्टेट गेस्ट हाउस वा स्टेट हल बनाउन सकिने बताएका छन । ‘स्टेट गेस्ट हाउस बनाउनुपर्ने कुरा पनि आएको छ तर निर्क्योल भने भएको छैन । पुनर्निर्माण गरेर प्रयोग गर्न सम्भव छैन । नयाँ बनाउदा अहिलेकै जस्तो बनाउने कि स्टेट गेस्ट हाउस बनाउने भन्ने द्विविधामै छौं’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार