असार २८, २०८२ शनिबार July 12, 2025

पिएम कपः पुलिसको लगातार दोस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा भएको खेलमा पनि पुलिसले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएका थियो ।

पुलिसको जितमा ओपनर ब्याटर कुशल भुर्तेलले २२ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, रसिद खानले २८, विकेट किपरसमेत रहेका दिलिप नाथले २५ तथा अनिल शाहले २२ रनको योगदान गर्दा आरिफ शेखले १० रन बनाए ।

बलिङमा आर्मीका साहब अलामले सर्वाधिक तीन विकेट लिए । यस्तै, जितेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले ३६ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४४ रन जोडे । यस्तै, ओपनर सोमपााल कामी ४२ रन बनाउँदा हरि चौहान १२, कुशल मल्ल तथा सुसन भारीले समान १२ रन बनाए ।

पुलिसको बलिङमा करण केसीले चार ओभरमा १७ रन खर्चिदैं सर्वाधिक चार विकेट लिए । उनी खेलको प्लेयर अफ दि म्याचसमेत भए । गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई विकेट तथा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समना एक विकेट लिए । जितसँगै समूह एबाट पुलिस चार अंकसहित शीर्षस्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
२०८२ असार २८, शनिबार
सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे
२०८२ असार २८, शनिबार
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन
२०८२ असार २८, शनिबार
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार