मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

पीएम कप: कर्णाली प्रदेशको पहिलो जित, प्रदेश १ पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

मंगलबार मूलपानीमा भएको पहिलो खेलमा १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १७ ओभर ५ बलमा ८९ रनमा अल आउट भएपछि कर्णालीले दोस्रो खेलमा पहिलो जित पाएको हो । यसअघि पहिलो दिन कर्णाली आर्मीसँग पराजित भएको थियो ।

कर्णालीविरुद्ध प्रदेश एकका फिरदोस अन्सारीले सर्वाधिक २३ रन बनाए । यस्तै दिपेश कँडेल र श्रवण यादवले समान १४ रन बनाउँदा कप्तान सिद्धान्त लोहनीले १४ रनको योगदान गरे ।

प्रदेश १ लाई सस्तैमा समेट्न कर्णालीका अनुज चुनराले सर्वाधिक चार विकेट लिए । यस्तै दिवान पुनले दुई विकेट लिँदा दिनेश अधिकारी, प्रकाश जैशी र अनुप कुवँरले समान एक विकेट लिए । यसअघि माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२० रन बनाएको थियो ।

कर्णालीका लागि कप्तान तथा ओपनर ब्याटर रवीन्द्र शाहीले सर्वाधिक ३६ रन बनाए । यस्तै प्रकाश जौशीले २५ रन बनाउँदा राज शाहले १५ र विपीन रावलले ११ रनको योगदान दिए ।

यता, प्रदेश एकका मुकुन्द यादवले तीन विकेट लिँदा फिरदोश अन्सारीले दुई तथा कमल खत्री र सिद्धान्त लोहनीले समान एक विकेट लिए । जितसँगै समूह ए बाट कर्णालीले दुई खेलबाट दुई अंक जोडेको छ । कर्णाली तेस्रो स्थानमा छ । दुई खेलबाट दुई जित सहित चार अंक बनाएको पुलिस पहिलो र आर्मी दोस्रो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार