कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रदेश २ को नाम र राजधानीमा दलीय सहमतिको सम्भावना न्यून, नाम र राजधानी चयन निर्वाचनबाटै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रदेश २ को नाम र स्थायी राजधानीमा दलीय सहमतिको लागि गठन भएको विशेष समितिको म्याद सकिन दुई दिन बाँकी रहदासम्म पनि दलहरू सहमतिमा पुग्न सकेको छैन ।

प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १२ पुसमा विशेष समिति गठन गरिएको थियो । समितिले १४ पुसदेखि दलीय सहमतिको लागि काम थालेको थियो । समितिले काम थालेको १५ दिनभित्र दलहरूले नाम र राजधानीमा सहमति गरी सभालाई प्रतिवेदन बुझाउनुपर्ने प्रवधान राखिएको थियो । अगामी २९ पुसमा विशेष समितिको म्याद सकिने भए पनि  दलहरू भने अहिलेसम्म पनि सहमतिमा पुग्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

दलीय सहमतिकै लागि सभामुख सरोजकुमार यादवले आइतबार सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदानमार्फत तय गर्ने सहमति भएको छ । समितिले प्रदेश सभामा दर्ता भएको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेसमाथि छलफल गरेको थियो । यस्तै, राजधानी जनकपुर र वीरगन्जमाथि पनि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । तर, कुनै प्रस्तावमा पनि सहमति नभएपछि मतदानका लागि सहमति भएको हो ।

मतदानका लागि कुनै पनि प्रस्तावमा बहुमत नहुँदा प्रस्ताव पुनः अस्वीकृत हुने जोखिम छ । नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
प्रदेश सभामा अहिले जसपा ३९, कांग्रेस १९, एमाले ८, नेकपा एकीकृत १३, माओवादी ८, लोसपा १६ र संघीय समाजवादी पार्टी नेपालको १ गरी १०४ जना सांसद छन् । त्यसमध्ये सत्तारुढ दल जसपा, कांग्रेस, नेकपा एस, माओवादी केन्द्र गरी ७९ मात्रै सासद छन् । अर्थात दुई तिहाइभन्दा एक मत मात्रै बढी छ । तर, ती दलहरूको प्रस्ताव नै फरक फरक रहेकोले नाम र राजधानीसम्बन्धी प्रस्ताव अन्योलमा परेको छ । जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ छ । उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक हुन्छ ।

जानकीको पक्षमा एमाले र नेकपा एकीकृत समाजवादीका २१ जना, १९ सांसद रहेको कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ भने कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा छन् ।

सचिवालयका सचिव रञ्जित यादवले नाम र राजधानीमा दलीय सहमति नभएर माघ पहिलो साता मतदान प्रक्रियाबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार