कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

भारतमा कोरोना संक्रमण तीव्र भएपछि नेपाल आउने बढे, समुदायस्तरमा संक्रमण फैलने खतरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारीका लागि गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर बढेपछि घर फिर्ता हुनेको संख्या बढेको हो ।

भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण दर बढेपछि रोजगारदाता कम्पनी तथा साहुहरूले नेपालीलाई रोजगारीबाट छुटाउने गरेका छन् ।
भारतको मुम्बईमा लामो समयदेखि एउटा घरमा सेक्युरेटी गार्डका रूपमा काम गरिरहेका कालीकोट नरहरिनाथका अवि सार्कीले त्यहाँका घरभेटीले नै कोरोना संक्रमण बढेकाले रोजगारी दिन नसक्ने नेपाल फिर्ता हुन सुझाएकाले आफू घरमा फिर्ता भएको बताए ।

नेपाल भारत सीमा क्षेत्र बाँके जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कका प्रमुख चिरन्जीवी ज्ञवालीले दैनिक पाँच हजार बढी नेपाली तथा भारतीय नागरिकहरू नेपालमा आउने गरेको बताए । ‘भारतबाट नेपालमा आउने नेपाली तथा भारतीय नागरिकको संख्या बढेको छ,’ उनले भने, ‘नेपालमा संख्या वृद्धि भए पनि स्वास्थ्य परीक्षण भने कमैको हुने गरेको छ ।’

नेपाल भारत सीमा क्षेत्र बाँके जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कका जनशक्ति अभावका कारणले भारतबाट आउने अधिकांशको परीक्षण हुन सकेको छैन । कोरोना परीक्षणका लागि सञ्चालन गरिएको हेल्थ डेस्कमा १३ जना मात्र स्वास्थ्यकर्मी रहेको हुँदा परीक्षण गर्न समस्या भएको छ ।

अहिले रहेको जनशक्तिभन्दा दोब्बर जनशक्ति आवश्यक रहेको जनाउँदै हेल्थ डेस्कका प्रमुख ज्ञवालीले दैनिक पाँच हजारभन्दा बढीको संख्यामा मानिसको आवागमन भइरहेकोमा बढीमा आठ सयको मात्रै परीक्षण गर्न सकिएको बताए । ‘पछिल्ला तीन दिनयता दैनिक ४० जनाको हाराहारीमा संक्रमितहरू नाकामा भेटिन थालेका छन्,’ उनले भने, ‘सुरक्षाकर्मी तथा स्वास्थ्य जनशक्तिले ती सबैको व्यवस्थापन र परीक्षण गर्नसक्ने अवस्था छैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार