असार २७, २०८२ शुक्रबार July 11, 2025

सातदोबाटोलाई अर्को अप्रत्याशित नतिजा, मनाङलाई उपाधि धक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित  २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने अवसरसँगै उपाधि यात्रा  धक्का लागेको छ ।

त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा पराजित भएसँगै मनाङको उपाधि रक्षा गर्ने योजना सुखद रहेन ।

नतिजासँगै मनाङ ९ खेलमा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ । ,जुन शीर्ष स्थानको मछिन्द्र भन्दा १ अंकले कम हो ।

खेलको पहिलो हाफमै सातदोबाटोले २–० को अग्रता लिएको थियो । ११औं मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो ।

३८औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर पारेका थिए ।

५६औं मिनेटमा आफिज ओलाओलेले गोल गर्दै  मनाङलाई खेलमा फर्काउने संकेत गरेका थिए । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए ।

यस पछि पनि दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न सकेनन् । ६९औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहार मनाङका गोलकिपर विशाल सुनारले विफल पार्दा सातदोबाटोले अग्रता बढाउने अवसर खेर फालेको थियो ।

७३औं मिनेटमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिँदा मनाङले खेलमा फर्कने अवसर गुमायो । जारी लिगमा आफिजको यो छैटौँ गोल हो र उनी सर्वाधिक गोलकर्ताको सुचीको अग्रस्थानमा छन् । सातदोबाटोका अजयी र मछिन्द्रका सुनिल बलको समान समान ५ गोल रहेको छ ।

लिगमा उत्कृष्ट सुरुआतका बाबजुद पछिल्लो खेलमा लय गुमाएको सातदोबाटो अन्ततः जितको लयमा फर्किएको हो । यसअघि सातदोबाटोले दोस्रो चरणमा थ्री स्टार क्लबलाई हराएको थियो ।

सातदोबाटो ९ खेलमा १२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा विभागीय एपीएफले हिमालयन शेर्पालाई १-० ले हराएको थियो । शनिबार लिगमा दुई खेल हुनेछन् ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार
काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक
२०८२ असार २६, बिहिबार