कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

विधानविपरीत समिति गठन गरिएकोमा प्रदेश अध्यक्षहरूको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्षहरूले विधानविपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

समितिका अध्यक्षहरूले आज सामूहिकरुपमा एक विज्ञप्ति जारी गरी महासङ्घको तिलौराकोटमा सम्पन्न बैठकले सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश समितिलाई कमजोर बनाउने गरी विधानविपरीत समिति गठन खोजिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन् ।

राज्यका विभिन्न निकायलाई सङ्घीयता कार्यान्वयन गराउनका लागि बारम्बार प्रश्न उठाउने पत्रकारको साझा संस्था महासङ्घले नै प्रदेश समितिलाई अङ्कुश लगाउने गरी समिति गठन गरेमा आफूहरूलाई मान्य नहुने महासङ्घ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले बताए । विधान बाहिर गइ गरिने कुनैपनि कार्यमा आफूहरुको साथ र सहयोग नरहने उनको भनाइ थियो ।

यसरी विज्ञप्ति जारी गर्नेमा महासङ्घको प्रदेश १ का लीलाबल्लभ घिमिरे, प्रदेश २ का राजेश कर्ण, वाग्मती प्रदेशका शिव देवकोटा, गण्डकी प्रदेशका नारायण शर्मा, सुदूरपश्चिम प्रदेशका योगेश रावल, उपत्यका प्रदेशका सृजन झा, प्रतिष्ठान प्रदेशका अधिकारी र एशोसिएट प्रदेशका बैकुण्ठ पराजुली छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार