असार २४, २०८२ मंगलबार July 8, 2025

विवाद समाधान गर्न ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तीन दिनको संवादहीनतापछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच डेढ घण्टादेखि छलफल भइरहेको छ।

प्रचण्डको सचिवालयका अनुसार ओलीले प्रचण्डलाई बोलाएपछि उनी बिहीबार दिउँसो बालुवाटार पुगेका थिए।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई आइतबार बालुवाटारमा बोलाएर दुई अध्यक्षले राजीनामा दिन आग्रह गरेका थिए। तर, सो आग्रहलाई उपसभामुखले अस्वीकार गरेपछि प्रचण्ड बालुवाटार गएका थिएनन्।

पछिल्लो समय सभामुख चयन, मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० र ओलीबाहेकका नेतासँग प्रचण्डले छुट्टै भेला गरेपछि दुई शीर्ष नेताबीच मतभेद देखिएको थियो।

शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। आफू अनुपस्थित

बैठकले उपसभामुखलाई राजीनामा गर्न लगाएको भन्दै ओली प्रचण्डको निर्णयप्रति असन्तुष्ट थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार