काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नागरिक सचेत भए मात्र दिगो सुख र समृद्धि प्राप्त हुने बताएका छन् ।
२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकमात्र दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने धारणा राखेका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन । कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि सरकारले पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको उनले बताएका छन ।
नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउन पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन । भूकम्पले भन्दा पनि हामीले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने गरेकाले नेपाल सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताएका छन ।
पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्पसम्बन्धी जनचेतना जगाइँदै छ । गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।
भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया