श्रावण १६, २०८३ शनिबार August 1, 2026

वर्तमान गतिरोध हटाउन उपसभामुख बाधक भइन्ः हरिबोल गजुरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख शिवमाया तुम्हाम्फे भएको बताएका छन् ।

रिपोटर्स क्लब काठमाण्डाैमा  बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गजुरेलले संसदको गतिरोध हटाउन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अनिवार्य राजीनामा दिनुपर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डका विश्वासपात्र भनेर चिनिएका नेता गजुरेलले उपसभामुख तुम्हाम्फेले राजीनामा नदिएसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी दिन नपाउने भएकाले देश र जनतालाई निकास दिन पनि उनको एक मात्र विकल्प राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने,‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने हो पनि उहाँले राजीनामा नदिईकन सभामुखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन् ।’

उहाँले राजीनामा नदिने हो भने पार्टीले गम्भीर छलफल गर्ने समेत बताएका गजुरेलले  पार्टीका अध्यक्षद्वयले उहाँलाई राजीनामा दिन आग्रह गरेको बताउँदै राजीनामा नदिने भए पार्टी सोही अनुसार अगाडि बढ्ने समेत बताए ।

साथै उनले पार्टीमा सभामुख को हुने भन्ने बहसको विषय भएको र पुरानो सहमति अनुसार नै चयन हुने बताए । नेता गजुरेलले अहिलेको गति अवराेधको अवस्था कुनै नौलो कुरा नभएको समेत बताएका छन् । साथै उनले पार्टीको आगामी महाधिवेशनसम्म नेकपाभित्र ‘पावर-सेयरिङ’ जारी रहने दावी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
२०८३ श्रावण १६, शनिबार
गगन थापाले देशको पछिल्लो स्थिति साम्य बनाउन लिएको पहलकदमी निरन्तर जारी
२०८३ श्रावण १५, शुक्रबार
पूर्वी जिल्लाको तनावपछि सर्लाहीमा सुरक्षा कडा, सीमा प्रवेशमा नयाँ व्यवस्था
२०८३ श्रावण १५, शुक्रबार
स्पेन छिर्ने क्रममा ९ अफ्रिकन आप्रवासीको गयो ज्यान
२०८३ श्रावण १५, शुक्रबार
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
२०८३ श्रावण १५, शुक्रबार
गण्डकी प्रदेशसभा बैठक बस्दै
२०८३ श्रावण १५, शुक्रबार
सुनचाँदीको मूल्य फेरी बढ्यो
२०८३ श्रावण १५, शुक्रबार