मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

भारतका सबैभन्दा महङ्गा खेलाडी केएल राहुल, जो १७ करोड लिन्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भारतीय खेलाडी (ओपनर) केएल राहुल इन्डियन प्रिमियर लिग (आईपीएल)को सबैभन्दा महँगो खेलाडी बनेका छन् ।

अहिले दक्षिण अफ्रिका भ्रमणमा रहेको वानडे सिरिजको कप्तानी सम्हालिरहेका उनलाई आईपीएलको नयाँ फ्रेन्चाइजी लखनउले १७ करोड भारुमा अनुबन्ध गरेको हो । आईपीएल २०२२ मा कुनै पनि खेलाडीले पाउने यो रकम सर्वाधिक हो ।

केएल दायाँ हाते प्रख्यात ब्याट्सम्यान हुन् । यसअघि २०१८ देखि २०२१ सम्म रोयल च्यालेन्जर्स बेंगलोरले विराट कोहलीसँग १७ करोडमा अनुबन्ध गरेको थियो ।

लखनउ फ्रेन्चाइजीले केएलपछि अस्ट्रेलियाली खेलाडी अलराउन्डर मार्कोस स्टोइनिसलाई ९.२ करोड र रवि बिस्नोईलाई चार करोडमा टिममा सामेल गरेको छ ।

यी तीन खेलाडीलाई टिममा अनुबन्ध गरिसकेपछि पनि लखनउ पे्रmन्चाइजीसँग खेलाडी किन्न ५९ करोड बाँकी रहेको बताइएको छ । आईपीएलको १५औं संस्करणमा आठबाट बढेर १० टिम हुने छन् ।

लखनउ फ्रेन्चाइजीले आफ्नो टिमको मेन्टरमा गौतम गम्भीरलाई अघि सारेको छ । टिम कोच भने एन्डी फ्लावर रहेका छन् । गौतम गम्भीर टिम इन्डियाका पूर्वओपनरका साथै कोलकाता नाइट राइडर्स (केकेआर)लाई दुई पटक आईपीएल च्याम्पियन बनाउने खेलाडी हुन् ।

पाँच पटक आईपीएल च्याम्पियन बनिसकेको मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले अहिले (२०२२)मा १६ करोड पाउने छन् भने कोहलीलाई आरसीबीले १५ करोडमा टिममा टिकाइराखेको छ । कोहली आरसीबीमा हालका सबैभन्दा महँगा खेलाडी हुन् ।

सर्वाधिक तलब लिने केएल राहुलले आईपीएलका २७ म्याचमा कप्तानी सम्हालिसकेका छन् । त्यसमध्ये ११ म्याचमा जित र १४ मा हार बेहोरिसकेका छन् । जितको प्रतिशत ४४.४४ रहेको छ । केएल यसअघि पन्जाब किङ्समा थिए, उनले सबैभन्दा बढी रन बटुलेका थिए । पछिल्लो समय आईपीएलमा ब्याट्सम्यानका रुपमा केएल सर्वाधिक सफल र चर्चित खेलाडी हुन् । (एजेन्सी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार