काठमाण्डौंः महोत्तरीको पिपरा गाउँपालिका अख्तियारको टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार गाउँपालिकामा छापा मारेका छन् ।
गाउँपालिकाविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागि मंगलबार त्यहाँ पुगेको हो । अख्तियारको टोली अहिलेपनि कार्यालयमा नै रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी परेपछि अख्तियारको टोली गाउँपालिकामा गएको बताए ।
उनले गाउँपालिकाबाट सञ्चालित शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिएको बताए ।न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया