मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आहा रारा गोल्डकप : थ्रीस्टार क्लब आर्मीसँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौंः बीसौँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लब नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको छ । पाँचपटकको च्याम्पियन थ्रीस्टार आर्मीसँग निरिह सावित भयो ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले थ्रीस्टारमाथि १–० गोलको जीत हासिल गरेको हो । आहा ! राराको इतिहासमा हालसम्म उपाधि जित्न नसकेको आर्मीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबसँगको भेट पक्का गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आर्मीका लागि खेलको ६४औँ मिनेटमा टङ्क बस्नेतको स्थानमा वैकिल्पक खेलाडीका रुपमा मैदान प्रवेश गरेका राजीव गुरुङले निर्णायक गोल गरेका थिए ।

खेलको ७०औँ मिनेटमा मैदानको मध्यभागमा थ्रीस्टारका रक्षापङ्क्तिका खेलाडी बल रोक्ने क्रममा चिप्लिएर लड्न पुगेपछि गुरुङले बल अगाडि बढाउँदै गोलकिपर अगाडि आएको मौकामा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको बलले सिधै जाली चुमेको थियो । त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन । खेलपछि पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक राजु तामाङले बलियो टोली थ्रीस्टारसँग जीत हासिल गर्न सकेकामा खुसी व्यक्त गरे ।

लिग खेल्ने टोलीका पाँच खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले समेत टिम सेट हुन र फिनिसिङमा समस्या भएको उनले बताए । तामाङले मनाङसँगको सेमिफाइनलको खेलमा फिनिसिङमा सुधार ल्याउने योजना सुनाए । थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले राम्रो खेल्दा पनि रक्षापङ्क्तिका खेलाडी मैदानमा लड्न पुग्दा विपक्षी टोलीले गोल गर्न सकेको बताए ।

टोलीका केही खेलाडी घाइते भएकाले समेत आशातीत प्रदर्शन सम्भव नभएको उनको भनाइ थियो । प्रतियोगिताअन्तर्गत बुधबार शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक सहारा क्लबले जनाएको छ ।

रङ्गशालामा दर्शक राखिने

सहारा क्लब पोखराले बुधबारदेखि सुरु हुने सेमिफाइनलका खेलमा रङ्गशालामा दर्शकलाई प्रवेश दिने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण सुरुआतमा दर्शकविना खेल सञ्चालन गर्दै आएकामा सेमिफाइनलदेखि खोप कार्डका आधारमा दर्शकलाई प्रवेश दिइने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

दर्शकको प्रत्यक्ष खेल अवलोकन गर्ने चाहनाको सम्मान गर्दै स्वास्थ्य मापदण्ड अपनाएर प्रशासनले दिएको स्वीकृतिअनुसार सिट क्षमताको एक तिहाइ टिकट बिक्री गरिने छ । पोखरा रङ्गशालाको प्यारापिट १६ हजार ५०० दर्शक क्षमताको छ । प्रतियोगिताको फाइनल खेल आगामी माघ १५ गते हुनेछ । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार