कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

गैंडा मृत्यु प्रकरण : निकुञ्जद्दारा ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोकको टिकौली जंगल नजिक नालीमा फसेर मरेको गैंडाको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले ठेकेदार विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली जंगल नजिक सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर ९ माघमा एउटा भाले गैंडा मरेको थियो ।

ठेकेदारको लापरबाहीका कारण गैंडाको मृत्यु भएको भन्दै निकुञ्जले सडक विस्तारको जिम्मा लिएको इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो ।

समाचार तयार पार्दासम्म खड्का पक्राउ नपरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले जानकारी दिए । ‘बिहिबार पक्राउ पुर्जी जारी भएको हो । अहिलेसम्म पक्राउ गरिएको छैन । उहाँ आफै आउनुहोला, नत्र हामी पक्राउ गर्छाैँ’, उनले भने ।

उक्त घटनाको विषयमा अनुसन्धान गर्न निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ भने वन तथा वातावरण मन्त्रालयले घटनाको छानविन गर्न ११ माघमा छुट्टै कार्यदल गठन गरेको छ ।

वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिमा मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन् ।

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार