असार २८, २०८२ शनिबार July 12, 2025

एपीएफलाई आहाराराको पहिलो उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।

शनिबार पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त ३० मिनेट २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट विजेताको टुङ्गो लागेको हो ।

मनाङका फ्रयांङक्लिन टेला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्दा पाँचौ नम्बरमा प्रहारका लागि आएका अफिज ओलावालेले बललाई जाली चुमाउन सकेनन् ।

एपीएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ्ग, मणि लामा, आरमन्ड विडङले पेनाल्टीमा कुनै गल्ती गरेनन् ।

यसअघि युवराज खड्काले २०औँ मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता बनाएको थियो । तर, ६७औँ मिनेटमा दयानन्द सिंहले गरेको गोलबाट मनाङ खेलमा फर्किएको थियो ।

८३औँ मिनेटमा फ्रयांक्लिन टेलाले गोल गरेपछि मनाङले २-१ को अग्रता बनाएको थियो । यद्यपि, इन्जुरी समयमा रवि थिङ्गले गोल गर्दै एपीएफलाई बराबरीमा फर्काएका थिए ।

एपीएफ यसअघि २०६४ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार