काठमाडौंः नेपाल आदिवासी जनजाति महासंघले प्रवास समितिको जिम्मेवारी हेरफेर गरेको छ। महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी मनोनित गरिएको हो।
जसअनुसार महासंघले अन्तर्राष्ट्रिय संयोजकको जिम्मेवारी यूएई निवासी पासाङ शेर्पालाई दिएको छ। सामाजिक क्षेत्रमा क्रियासिल शेर्पा यूएईमा रोजगारीसँगै व्यवसायमा समेत संग्लन छन्।
छन्त्यालका अनुसार प्रवास समितिको उपसंयोजकको जिम्मेवारी पोर्चुगलका हेम गुरुङलाई दिइएको छ। यस्तै सदस्यसचिवमा बेलायत निवासी विमला सेन लिम्बु चयन भएकी छिन्। यसैगरी बहराइन निवासी मिलन राईले सहसचिवको जिम्मेवारी पाएका छन्। त्यस्तै आर्थिक संयोजकमा भने अष्ट्रेलियाका अरुण तामाङ चयन भएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया