असार २८, २०८२ शनिबार July 12, 2025

ताप्लेजुङमा आजदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा आज बुधबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा १४ वटा क्लबकाे सहभागिता रहनेछ ।

जिल्ला लिग विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै आगामी प्रदेश लिगमा भाग लिने अवसर प्राप्त गर्ने जिल्ला फुटबल संघका अध्यक्ष बालचन्द्र साबाले बताए ।

‘ए’ समूहमा प्रगतिशील युवा क्लब, चाँगे माछापोखरी हिटी क्लब, सृजनशील सामाजिक युवा समाज, बिसीएस मेमोरियल क्लब, लालीमा क्लब, जलजले क्लब र मानाभरा स्पोर्टिङ युथ क्लब छन् ।

समूह ‘बी’मा कर्णसिंह सोनाम फुटबल क्लब, कञ्चनजंघा फुङ्लिङ क्लब, मिशन युनाइटेड क्लब, नवप्रयास युवा क्लब, संघर्ष स्पोर्टिङ क्लब, वीरेन्द्र युवा क्लब र पाथीभरा युवा क्लब रहेको जिल्ला फुटबल संघले जनाएको छ ।

दुबै समूहमा सेमीफाइनल अघि २१–२१ वटा खेल हुने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया