कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रधानमन्त्री देउवाको स्वकीय सचिवालयमा चुडामणी कँडेल नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सह–सचिवमा नेपाली काँग्रेसका युवा नेता चुडामणी कँडेल नियुक्त भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयमा विशिष्ठ श्रेणीका रूपमा कँडेलले सह-सचिव सरह जिम्मेवारी पाएका हुन् ।

कँडेलले लामो समय काँग्रेसका प्रभावशाली नेता पूर्वगृहमन्त्री खुमबहादुर खड्का, पूर्वगृहराज्यमन्त्री एवं नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँ, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सचिवालयमा समेत स्वकीय सचिवका रूपमा सफलतापूर्वक जिम्मेवारी निभाईसकेका छन् ।

शालिन, बौद्धिक, ईमान्दार छबिका कँडेल व्यवस्थापकीय कुशलतामा अब्बल मानिन्छन् । अँग्रेजी विषयमा स्नातकोत्तर गरेका उनले पार्टीका लागि दिएको महत्वपूर्ण योगदानको चर्चा समेत हुने गरेको छ ।

नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य समेत रहेका कँडेल पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतका साथ निर्वाचित भएका हुन् । उद्योगी व्यवसायी विनाेद चाैधरी सँयाेजक रहेकाे नेपाली काँग्रेसकाे महत्वकांक्षी लगानी पूर्वाधार र राेजगार विशेष समितिका राजनीतिक संयाेजकका रूपमा समेत कँडेलकाे जिम्मेवारी रहेकाे छ ।

काँग्रेस शीर्ष नेताहरू देखि देशैभरीका नेता कार्यकर्ताहरू माझ प्रिय मानिएका कँडेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नियुक्ति पाएसँगै प्रधानमन्त्री देउवाको सचिवालय अझ सशक्त र प्रभावकारी बन्ने अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार