कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

समाजवादी प्रेस संगठनको काठमाडौं भेला नयाँबानेश्वरमा शनिवार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सत्तारुढ घटक दल नेकपा (एकिकृत समाजवादी) पाटिकाे  भातृ संगठन समाजवादी प्रेस संगठन नेपालको काठमाडौँ जिल्ला स्तरीय प्रथम भेला हुने भएको छ ।

शनिवार (भोली) बिहान १० :३० बजे  काठमाडौँको बानेश्वर स्थित  जनता डबलीमा हुने उक्त भेलामा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ । कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ, काठमाडौँ जिल्ला पार्टी अध्यक्ष कुशुम कुमार कार्की लगायत संगठनका केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहने बताइएको छ ।

प्रेस संगठन नेपालको फागुन ७ गते काठमाडौँमा सम्पन्न हुने राष्ट्रिय भेलालाई लक्षित गरी जिल्ला स्तरीय संगठन विस्तार गरिन लागेको आयोजकले  जानकारी गराएको छ ।

पार्टीलाई थप व्यवस्थित र मजबुद बनाउन सञ्चार क्षेत्रबाट गर्नुपर्ने भूमिकालाई मध्यनजर गर्दै श्रमजीवि पत्रकारहरुको हकहितको पक्षमा आवाज मजबुद बनाउन समाजवादी प्रेस संगठनले संगठन विस्तार कार्यलाई तिब्रता दिन लागेको आयोजकले बताएको छ   । शनिवार हुने भेलाले ३१ सदस्य रहने गरी काठमाडौँ जिल्ला कमिटि निर्माण गरिने समेत जानकारी गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार