असोज १४, २०८३ बुधबार September 30, 2026

अपरिचित नम्बरबाट कल आएर दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः तपाईँका लागि कतिपय समय अपरिचित नम्बरले गर्दा तनाव उत्पन्न भइरहेको हुनसक्छ । तर तपाईँले त्यसको चिन्ता लिइरहनु पर्दैन ।

किन भने आज हामी तपाईँलाई एन्ड्रोइड स्मार्टफोनमा अनावश्यक तथा अपरिचित नम्बरलाई कसरी ब्लक गर्ने भन्ने विषयमा बताउँदै छौँ । यसका लागि गुगलले बाई डिफल्ट रुपमा एउटा फिचर उपलब्ध गराउँदै आएको छ ।

यद्यपि यो तरिका स्मार्टफोन निर्माता कम्पनीअनुसार केही फरक हुन सक्छ । यसका लागि पनि तपाईँले चिन्ता लिनु पर्दैन ।

सामसङ मोबाइलका लागिः

-सबैभन्दा पहिला आफ्नो फोन एप खोल्नुहोस् ।

-त्यसपछि तीन ओटा थोप्ला भएको बटनमा दबाउनुहोस् र सेटिङमा जानुहोस् ।

-अब ब्लक नम्बरमा जानुहोस् ।

-त्यसपछि अननोन तथा हिडन नम्बर (unknown/hidden numbers) मा थिच्नुहोस् । यति गरिसकेपछि तपाईँ आफ्नो फोनमा अपरिचित नम्बरलाई ब्लक गर्न सक्नुहुन्छ । यस्तोमा तपाईँको फोनमा सेभ नरहेका नम्बरबाट आउने कल स्वतः ब्लक हुनेछ ।

साओमी मोबाइलमा के गर्ने ?

-सबैभन्दा पहिला आफ्नो मोबाइलमा रहेको फोन एपमा जानुहोस् ।

-त्यसपछि माथि दायाँ कुनामा रहेको सेटिङ बटनमा दबाउनुहोस् ।

– अब कल ब्लक लिस्ट (Call Blocklist) मा जानुहोस्

– त्यसपछि परिचित कलर्सबाट आउने कल ब्लक गर्नका लागि ब्लक कल्स फ्रम स्ट्रेन्जर (Block Calls from strangers) बटनलाई अन गर्नुहोस् र ब्लक बटन दबाउनुहोस् ।

-त्यसैगरी अलि तल रहेको अर्खो विकल्प ब्लक कल्स फ्रम हिडन नम्बर्स (Block calls from hidden numbers) बटनलाई पनि अन गर्नुहोस् ।

अन्य एन्ड्रोइड फोनमाः

-सबैभन्दा पहिला फोन एप खोल्नुहोस् ।

-डायलर सर्च बारको सबैभन्दा माथि दायाँ साइडमा रहेको तीन ओटा थोप्ला भएको बटनमा जानुहोस् ।

-सेटिङमा ट्याप गर्नुहोस् र ब्लक नम्बरमा जानुहोस् ।

-अननोन (unknown) अप्सनमा टर्न अन गर्नुहोस् । यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भने एन्ड्रोइडमा अननोको मतलव तपाईँको फोनमा सेभ नरहेका नम्बर भन्ने बुझ्नुपर्ने हुन्छ । जुन नम्बरबाट तपाईँको मोबाइलमा अहिले कल आउँदा प्राइभेट वा अननोन नम्बर भनेर देखिने गर्दछ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार