काठमाडौंः सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणका खेल २८ माघबाट सुरु हुने भएका छन् ।
पहिलो खेलमा फ्रेन्डसले ब्रिगेड ब्वाइजको सामना गर्ने छ । दोस्रो खेलमा त्रिभुवन आर्मीले जावलाखेलको सामना गर्ने छ ।
एन्फाले तीन चरणको ड्र सार्वजनिक गरेको छ । १२ औँ चरणका सबै खेल दशरथ रङ्गशालामा हुँदा १० औँ चरणको एक खेल एन्फा कम्प्लेक्समा हुने छ भने ११ औँ चरणका दुई खेल एन्फा कम्प्लेक्समा हुने छ ।
नवौँ चरणको समाप्तिमा मच्छिन्द्र २३ अङ्कका साथ शीर्ष स्थानमा छ भने मनाङ मर्स्याङ्दी क्लब १९ अङ्कका साथ दोस्रो स्थानमा रहँदा १७ अङ्कका साथ त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ ।
लिगको रेलिगेसन जोनमा भने पुछारमा ३ अङ्कका साथ फ्रेन्डस क्लब रहेको छ । त्यस्तै च्यासल ५ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेसन जोनमा रहेको छ । ब्रिगेड ब्वाइज ६ अङ्कका साथ रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको छ । अबको लिग रेलिगेसन र उपाधि होडमा रोचक हुने आँकलन गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया