असार २८, २०८२ शनिबार July 12, 2025

प्रथम इन्डोर कर्पोरेट लिग फागुनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हिमालयन स्पोर्टस म्यानेजमेन्टको आयोजनामा ‘प्रथम इन्डोर कर्पोरेट लिग’ (आइसीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ ।

१८ फागुनदेखि सुरु हुने प्रतियोगिता ललितपुरको हात्तीवनस्थित हिमालयन क्रिकेट एकेडेमीको इन्डोरमा सञ्चालन हुने आयोजकले जानकारी दिएको हो । प्रतियोगिताको फाइनल २१ फागुनमा हुनेछ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । नकआउट पद्धतिमा हुने प्रतियोगितामा कुल २७ खेल हुने छन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीले ४० हजार दर्ता शुल्क तिर्नुपर्ने छ । पुरस्कार राशी भने तोकिएको छैन ।

टी–१० फर्म्याटमा खेलाइने प्रतियोगिताको प्रत्येक टोलीले आठ पहिलो रोजाई र दुई विकल्प गरी १० खेलाडी राख्न पाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया