असार २८, २०८२ शनिबार July 12, 2025

नेपालद्वारा ओमान ६ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ ।

ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का प्रहार ग¥यो ।

आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ रन तथा शरद भेषावकरले पनि समान ४ रन जोडे । ओमानका कलिमुल्लाहले २ विकेट लिए भने खवार अलीले १ विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन जोड्यो ।

ओमानका लागि जिसन मक्सुदले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नदिमले ३१ रनको योगदान गरे । त्यसै जतिन्दर सिंहले १३, आयान खानले ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

बलिङतर्फ नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक÷एक विकेट हात पारे । चार देश सम्मिलित सिरिजमा नेपालले भोलि शनिबार युएईसँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया