श्रावण ४, २०८२ आइतबार July 20, 2025

तपाईँको मोबाइलमा भाइरस छिरेको त छैन ? यसरी पत्ता लगाउनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अहिलेको समयमा जसरी मानिसहरूको अनलाइन गतिविधि बढिरहेको छ, ह्याकिङको खतरा पनि त्यही स्तरमा तीव्र गतिमा बढिरहेको छ । प्रयोगकर्ताको डिभाइसमा कति बेला स्पाइवेयर वा माल्वेयर इन्स्टल भइदिन्छ, पत्तै हुँदैन ।

यहाँनिर जान्नै पर्ने कुरा के छ भने स्पाइवेयर पनि माल्वेयरकै एउटा प्रकार हो । जसले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण सूचना ह्याकरसम्म पुर्‍याउने गर्दछ ।

यो यस्तो चिज हो, जसले तपाईंको मोबाइलमै बसेर तपाईंको जासुसी गरिरहन्छ । यति मात्र होइन, स्पाइवेयरले तपाईंको डिभाइसमा किलगर समेत इन्स्टल गराउन सक्छ ।

जसले तपाईंको विशेष साइट तथा एपको युजरनेम र पासवर्ड समेत चोरी गर्न सक्छ । यसले किस्ट्रोकको माध्यमबाट लगईन डिटेल चोर्ने काम पनि गर्दछ ।

तपाईंको फोनमा स्पाईवेयर छ कि छैन भन्ने कुरा थाहा पाउन त्यति सजिलो छैन । सामान्यतया स्पाइवेयरलाई एडवेयर, ट्र्याकिङ कुकिज, सिस्टम मनिटर र ट्रोजनमा वर्गीकरण गर्न सकिन्छ ।

डिभाइसमा कसरी आइपुग्छ ?

सामान्यतया कुनै पनि डिभाइसमा स्पाइवेयर वा मालवेयर अथवा जासुसी गर्ने सफ्टवेयर तथा एप कुनै एउटा लिङ्कको माध्यमबाट इन्स्टल हुने गर्दछ । कयौं पटक यस्ता एप कुनै थर्ड पार्टी एपको माध्यमबाट डिभाइसमा घुसेका हुन्छन् ।

जब कुनै एप फोनमा इन्स्टल गर्नुहुन्छ, त्यतिखेर त्यसले तपाईंलाई डिभाइसमा अनुमतिका लागि अग्री बटनमा क्लिक गर्न लगाउँछ । एग्री बटनमा क्लिक नगर्दासम्म त्यस्तो एप इन्स्टल नै हुँदैन ।

प्रयोगकर्ताले जानी नजानी यस्ता एपलाई क्यामेरा, माइक्रोफोन, म्यासेज आदि जस्ता चिजमा एक्सेस दिइरहेका हुन्छन् । त्यसपछि यस्ता थर्डपार्टी एपको माध्यमबाट तपाईंको फोनमा स्पाइवेयर पुग्ने गर्दछ ।

स्पाइवेयर सफ्टवेयर गेमिङ तथा पोर्न साइटको माध्यमबाट पनि तपाईंको फोनसम्म पुगिरहेको हुनसक्छ । एक पटक तपाईंको डिभाइसमा स्पाईवेयर इन्स्टल भयो भने त्यसले तपाईं आफ्नो फोन तथा कम्प्युटरमा के के गर्नुहुन्छ, सबै जानकारी थर्ड पार्टी अर्थात ह्याकरसम्म पुर्‍याइ रहेको हुन्छ ।

यसले फोनको लोकेसनदेखि कयौं प्रकारका संवेदनशील जानकारी समेत ट्र्याक गरेर अर्को व्यक्तिसम्म पुर्‍याइरहेको हुन्छ । तर प्रयोगकर्तालाई आफ्नो जानकारी अर्को कुनै तेस्रो पक्षले हात पारिरहेको छ भन्ने कुराको छनकसम्म हुँदैन ।

यदि तपाईंको फोनले धेरै मात्रामा इन्टरनेट डेटा खपत गरिरहेको छ वा स्विच अफ हुन सामान्य भन्दा बढी समय लागिरहेको छ भने सम्झनुहोस्, तपाईंको मोबाइलमा पनि स्पाइवेयर पसिसकेको हुनसक्छ ।

यस्ता स्पाइवेयर कुनै व्यक्तिले इन्स्टल गरिदिएको पनि हुनसक्छ । अथवा कुनै अपरिचित वेबसाइटबाट इन्स्टल गरेको एपसँगै इन्स्टल भएको पनि हुनसक्छ ।

यदि तपाईंको फोन बारम्बार क्र्याश भइरहेको छ वा एप पटक पटक ह्याङ वा क्र्याश हुने गर्दछ भने सावधान हुनुहोस् । यस बाहेक यदि तपाईंको फोनमा कुनै यस्तो फोल्डर देखिँदैछ, जसको बारेमा तपाईंलाई कुनै जानकारी नै छैन भने पनि तपाईंका लागि खतराको घन्टी हुन सक्छ ।

आफ्नो फोनमा कुनै संदिग्ध एप छ, जुन तपाईंले इन्स्टल गरेको होइन भने सुरुमा फोनको इन्टरनेट कनेक्सन बन्द गर्नुहोस् र उक्त एपको एप डेटा डिलिट गरी त्यसलाई अनइन्स्टल गरिदिनुहोस् ।

स्पाईवेयरबाट जोगिन चाहनुहुन्छ भने सकेसम्म सक्कली र आधिकारिक एप तथा सफ्टवेयर मात्र प्रयोग गर्नुहोस् । यसको अर्थ गुगल प्ले स्टोर, एप्पल एप स्टोर जस्ता आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्नुहोस् ।

सुपर एन्टी स्पाईवेयर, स्पाइवेयर ब्लास्ट जस्ता सफ्टवेयर तथा एप समेत स्पाइवेयर डिटेक्ट गर्नका लागि उपयोगी हुन सक्छन् । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार