असार २८, २०८२ शनिबार July 12, 2025

ओमानले यूएईलाई ७ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चार देशीय टी–२० क्रिकेट शृंखलाको पाँचौ खेलमा आयोजक ओमानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ । अल अमेरात क्रिकेट मैदानमा १६५ रनको लक्ष्य ओमानले ३ विकेट गुमाएर १९ ओभर तीन बलमा पुरा गर्यो ।

ओमानको जितमा कश्यप प्रजापतिले सर्वाधिक ६९ जोडे । यस्तै, शोएब खानले ३४ रनको योगदान गरे । यूएईका कासिफ दाउद र बसिल हमिदले एक एक विकेट लिए ।

यसअघि टस हारेर  ब्याटिङ  निम्तो पापएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको थियो । मोहम्मद वासिमले सर्वाधिक ८४ रन बनाए । ओमानका आमिर कलिमले सर्वाधिक ५ विकेट हात पारे ।

प्रतियोगितामा पहिलो जित निकालेको ओमान ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा रहेको छ । ३ खेलमा २ जित निकालेको यूएई ४ अंकसहित शीर्षस्थानमा छ । आजनै अन्तिम खेलमा नेपाल र आयरल्याण्ड भिड्दैछन् । आयरल्याण्ड र नेपाल दुबैले एक एक खेल जितेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया