श्रावण २७, २०८३ बुधबार August 12, 2026

भारतद्वारा थप ५४ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारत सरकारले ५४ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ। राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै भारतले ति एपहरुलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो

५४ चिनियाँ एपहरूमा ब्युटी क्यामेरा : स्विट सेल्फी एचडी, ब्युटी क्यामेरा – सेल्फी क्यामेरा, इक्वेलाइजर एण्ड बेस बुस्टर, क्यामकार्ड, आइसोल्यान्ड २ : आसेज अफ टाइम लाइट, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, ओन्म्योजी चेस, ओन्म्योजी एरेना, एपलक र डुअल स्पेस लाइटलगायत छन्।

गत वर्षको जुनमा पनि भारतले टिकटक, विच्याट र हेलो लगायतका ५९ चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो। जुन २९ को आदेशमा प्रतिबन्ध लगाइएका अधिकांश एपहरूले प्रयोगकर्ताको डाटा संकलन गरिरहेको गुप्तचर निकायहरूले बताएका थिए।

चीनसँगको सीमा विवादमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले सो निर्णय गरेको थियो।

पछि सेप्टेम्बरमा भारत सरकारले थप ११८ वटा चिनियाँ मोबाइल एपहरू बन्द गयो। चीनले चिनियाँ मोबाइल एपहरूमा प्रतिबन्ध जारी राख्ने भारतको निर्णयको विरोध गरेको थियो। यो कार्य विश्व व्यापार संगठनको गैर-भेदभावपूर्ण सिद्धान्तहरूको उल्लङ्घन भएको चीनको दावी छ। टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार