श्रावण ४, २०८२ आइतबार July 20, 2025

भारतद्वारा थप ५४ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारत सरकारले ५४ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ। राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै भारतले ति एपहरुलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो

५४ चिनियाँ एपहरूमा ब्युटी क्यामेरा : स्विट सेल्फी एचडी, ब्युटी क्यामेरा – सेल्फी क्यामेरा, इक्वेलाइजर एण्ड बेस बुस्टर, क्यामकार्ड, आइसोल्यान्ड २ : आसेज अफ टाइम लाइट, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, ओन्म्योजी चेस, ओन्म्योजी एरेना, एपलक र डुअल स्पेस लाइटलगायत छन्।

गत वर्षको जुनमा पनि भारतले टिकटक, विच्याट र हेलो लगायतका ५९ चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो। जुन २९ को आदेशमा प्रतिबन्ध लगाइएका अधिकांश एपहरूले प्रयोगकर्ताको डाटा संकलन गरिरहेको गुप्तचर निकायहरूले बताएका थिए।

चीनसँगको सीमा विवादमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले सो निर्णय गरेको थियो।

पछि सेप्टेम्बरमा भारत सरकारले थप ११८ वटा चिनियाँ मोबाइल एपहरू बन्द गयो। चीनले चिनियाँ मोबाइल एपहरूमा प्रतिबन्ध जारी राख्ने भारतको निर्णयको विरोध गरेको थियो। यो कार्य विश्व व्यापार संगठनको गैर-भेदभावपूर्ण सिद्धान्तहरूको उल्लङ्घन भएको चीनको दावी छ। टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार