कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

नेपाल प्रेस युनियनको महाधिवेशन चैत दोस्रो हप्ताभित्रै घोषणा गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तत्काल घोषणा गर्न पत्रकारहरुले माग गरेका छन् । प्रेस युनियन आवद्ध पत्रकारहरुको भेलाले तत्काल महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिसँग माग गरेको हो ।

प्रेस युनियन काठमाडौं शाखाका पूर्व अध्यक्ष नकुल अर्यालको संयोजनमा भएको भेलाले कुनै बाहनाबाजी नगरी चैत दोस्रो हप्ताभित्र सम्पन्न हुने गरी महाधिवेशनको मिति तोक्नुपर्ने निर्णय गरेको हो । भेलाले युनियनको महाधिवेशन सुनिश्चित गराउन चरणबद्ध दवाव अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

भेलामा प्रेस युनियनका सल्लाहकार शिव लम्साल, उपमहासचिव सलोजा दाहाल, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरु दीलीप पौडेल, माधव चम्लागाई, रमेश वाग्ले र युवराज गौतम, काठमाडौं जिल्ला सभापति जगन्नाथ दुलाल, सिन्धुपाल्चोक जिल्ला सभापति दुर्गा आचार्य र ओखलढुंगा जिल्ला सभापति जीवन शर्माको उपस्थिति थियो ।

त्यस्तै प्रेस युनियनका अग्रज नेताहरु ईन्द्र रिजाल, लीलाराज खनाल, कालिका महत, पत्रकार महासंघका केन्द्रीय लेखा समितिका सदस्य मुकुन्द भण्डारी, काठमाडौ जिल्ला सचिव महेश्वर गौतम, सहसचिव अर्जुन डोटेल लगायतको उपस्थिति थियो ।

भेलामा आफ्नो धारणा राख्ने अधिकांशले विगतमा जुनसुकै बाहनाले रोकिएको भएपनि अब अविलम्ब प्रेस युनियनको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । प्रेस युनियनको महाधिवेशन पछिल्लो पटक २०७१ साल भदौंमा पोखरामा भएको थियो ।

सो महाधिवेशनले निर्वाचित गरेको बद्री सिग्देल नेतृत्वको कार्यसमितिको कार्यकाल २०७४ भदौंमा समाप्त भइसकेको छ । युनियनको महाधिवेशन पटक–पटक तोकिएपनि विभिन्न बाहनामा स्थगन हुँदै आएको थियो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको युनियनलाई यथाशीघ्र महाधिवेशन गर्न कांग्रेसको कार्यसम्पादन समितिले निर्देशन समेत दिइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार