उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी हुन्।
उनले बैठकको प्रारम्भमै राजीनामा पत्र पढेर सुनाएकी हुन्। ‘मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु’, संसदलाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले भनिन्।
तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमै कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पदबाट राजीनामा दिएपछि असोज १४ बाट सभामुख रिक्त रहेको छ।
रिक्त सभामुखमा नेकपाले उम्मेदवार दिने निर्णय गरेपछि उपसभामुख तुम्बाहाङ्फेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
सभामुखमा आफ्नो दाबी रहेको बताउँदै उनले पार्टीले सभामुको उम्मेदवार नटुंग्याएसम्म राजीनामा नदिने अडान लिँदै आएकी थिइन्।
आइतबार दुई अध्यक्ष र पार्टी सचिवालयले सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने निर्णय गरेपछि सोमबार उपसभामुखले राजीनामा दिएकी हुन्।
यस्तो छ उपसभामुखले संसदमा गरेको सम्बोधन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया