श्रावण ४, २०८२ आइतबार July 20, 2025

गूगल पे, पेटीएम  फोन पेको सेवा अबको तीन महीनाभित्र सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बहुराष्ट्रिय डिजिटल पेमेन्ट गेटवे गूगल पे, पेटीएम  फोन पेको सेवा अबको तीन महीनाभित्र नेपालमा सञ्चालन गरिने भएको छ ।

ती गेटवेमार्फत् नेपालका कुनै पनि बैंक खाता वा वालेट खातामा रकमान्तर गर्न सकिने छ । ती सेवाहरू सुचारु हुने गरी सम्झौता समेत भइसकेको छ ।

गेटवे पेमेन्ट सर्भिस प्रालि(जीपीएस) ले भारतस्थित नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया(एनपीसीआई) इन्टरनेशल तथा मनम इन्फोटेकसँग अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) सञ्चालनको लागि शुक्रवार सम्झौता गरेको हो ।

उक्त सम्झौतासँगै भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक पेटीएम, गूगल पे, फोन पेमार्फत नेपालका कुनै पनि बैंक खाता वा वालेटमा रकमान्तर गर्न सकिने छ।

ती सेवाको शुरुवातसँगै भारतीय नागरिकहरूले नेपाल आउँदा क्यूआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने छन् भने नेपालीहरूले पनि भारत जाँदा क्यूआरकोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

‘प्रारम्भिक चरणमा आगामी तीन महीनाभित्र उल्लेखित सेवाहरू सुचारु हुने छन्’,जीपीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एनपीसीआईले भारतमा सञ्चालन गरिरहेका सम्पूर्ण सेवाहरू क्रमिक रूपमा नेपालमा शुरुवात गर्दै जानेछौं ।’ जीपीएस नेपालको आधिकारिक पेमेन्ट सिस्टम अपरेटर पनि हो ।

अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित भुक्तानी सञ्जाल, यूपीआई भारतमा एनपीसीआईले सञ्चालन गरिरहेको छ । यसले भारतको विद्युतीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ ।

यूपीआई नेपालले पनि नेपालको विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न सहयोग गर्ने गेटवे पेमेन्ट सर्भिसले बताएको छ ।

 यूपीआई प्लेटफर्ममा सन् २०२१ मा भारतमा करीब ९४० अर्ब डलरको वित्तीय कारोबार भएको  एनपीसीआईका सीईओ रितेश शुक्लाले बताएका छन् । –एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार