असोज १४, २०८३ बुधबार September 30, 2026

गूगल पे, पेटीएम  फोन पेको सेवा अबको तीन महीनाभित्र सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बहुराष्ट्रिय डिजिटल पेमेन्ट गेटवे गूगल पे, पेटीएम  फोन पेको सेवा अबको तीन महीनाभित्र नेपालमा सञ्चालन गरिने भएको छ ।

ती गेटवेमार्फत् नेपालका कुनै पनि बैंक खाता वा वालेट खातामा रकमान्तर गर्न सकिने छ । ती सेवाहरू सुचारु हुने गरी सम्झौता समेत भइसकेको छ ।

गेटवे पेमेन्ट सर्भिस प्रालि(जीपीएस) ले भारतस्थित नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया(एनपीसीआई) इन्टरनेशल तथा मनम इन्फोटेकसँग अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) सञ्चालनको लागि शुक्रवार सम्झौता गरेको हो ।

उक्त सम्झौतासँगै भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक पेटीएम, गूगल पे, फोन पेमार्फत नेपालका कुनै पनि बैंक खाता वा वालेटमा रकमान्तर गर्न सकिने छ।

ती सेवाको शुरुवातसँगै भारतीय नागरिकहरूले नेपाल आउँदा क्यूआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने छन् भने नेपालीहरूले पनि भारत जाँदा क्यूआरकोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

‘प्रारम्भिक चरणमा आगामी तीन महीनाभित्र उल्लेखित सेवाहरू सुचारु हुने छन्’,जीपीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एनपीसीआईले भारतमा सञ्चालन गरिरहेका सम्पूर्ण सेवाहरू क्रमिक रूपमा नेपालमा शुरुवात गर्दै जानेछौं ।’ जीपीएस नेपालको आधिकारिक पेमेन्ट सिस्टम अपरेटर पनि हो ।

अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित भुक्तानी सञ्जाल, यूपीआई भारतमा एनपीसीआईले सञ्चालन गरिरहेको छ । यसले भारतको विद्युतीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ ।

यूपीआई नेपालले पनि नेपालको विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न सहयोग गर्ने गेटवे पेमेन्ट सर्भिसले बताएको छ ।

 यूपीआई प्लेटफर्ममा सन् २०२१ मा भारतमा करीब ९४० अर्ब डलरको वित्तीय कारोबार भएको  एनपीसीआईका सीईओ रितेश शुक्लाले बताएका छन् । –एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार