असार २८, २०८२ शनिबार July 12, 2025

बागमती प्रदेशका १३ वटै जिल्लाका खेलकुद अध्यक्ष पदमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरू पदमुक्त भएका छन् ।

गत बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास नियमावली संशोधन गरी जिल्ला अध्यक्षहरूको पदावधि दुई वर्ष कायम गरेसँगै उनीहरू स्वतः पदमुक्त भएका हुन् ।

बागमती प्रदेश सरकारले आवश्यक ऐन, कानुन र नियमावली विनै हतारोमा २०७६ माघ २२ गते जिल्ला अध्यक्षहरू नियुक्त गरेको थियो । मन्त्रीपरिषद् बैठकले नियमावली संशोधन गरेर दुई वर्षे कार्यकाल कायम गरेसँगै उनीहरू पदमुक्त भएका हुन् ।

‘अब जिल्ला खेलकुद समितिका अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ । यसअघि समय तोकिएको थिएन । मन्त्रिपरिषद्को बैठकबाट समय तोकिएसँगै नयाँ अध्यक्ष नियुक्त गर्न बाटो खुलेको छ ।’, प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले भन्नुभयो ।

उहाँका अनुसार नियमावली संशोधन भएसँगै यसअघि नियुक्त भएका अध्यक्षहरूको कार्यकाल माघ २२ गते सकिएको छ । मन्त्रालयले केही दिनमै प्रत्येक जिल्लामा अध्यक्ष नियुक्त गर्ने तयारी गरेको समेत उहाँले जानकारी दिनुभयो ।

अघिल्लो सरकारले माओवादीका ७ र एमालेका ६ जनालाई अध्यक्षमा नियुक्त गरेको थियो । जिल्ला खेलकुद विकास समिति ५ सदस्यीय हुने व्यवस्था रहेको छ । हाल गठबन्धनमा रहेको दलबाटै जिल्ला अध्यक्ष चयन गर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशमा प्रदेश खेलकुदको तयारी तीव्र रुपमा अगाडि बढेका कारण पनि छिट्टोभन्दा छिट्टो अध्यक्ष नियुक्त गर्न दबाब परेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया