असोज १४, २०८३ बुधबार September 30, 2026

नागरिक एपबाट यसरी नवीकरण गर्नुहोस् आफ्नो ब्लुबुक (प्रक्रिया सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फागुन १ गतेदेखि नागरिक एपबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने सुविधा सुरु भएको छ । हाललाई ई-सेवा र खल्ती डिजिटल वालेटबाट त्यसको रकम भुक्तानी गर्न सकिन्छ । बागमती प्रदेशमा मात्रै यो सेवा उपलब्ध रहेको छ ।

 कसरी नवीकरण गर्ने ब्लुबुक ?

–  सबैभन्दा पहिला आफ्नो स्मार्टफोनमा नागरिक एप खोल्नुहोस् र लग-ईन गर्नुहोस् ।

–  त्यहाँ भित्र गाडीको आइकन भएको भेहिकल ट्याक्स (सवारी कर) को विकल्पमा जानुहोस् र आफ्नो सवारी साधनको विवरण भर्नुहोस् ।

–  तपाईँको सवारीसाधनको नम्बर अञ्चल वा प्रदेश कुन आधारमा दर्ता छ त्यसै अनुसार आवश्यक विवरण भर्दै जानुहोस् । त्यसमा प्रदेश ३ वा बागमती प्रदेश उल्लेख गर्नुहोस् र आफ्नो सवारीसाधन दर्ता रहेको कार्यालय छनौट गर्नुहोस् ।

–  त्यसपछि सवारीसाधनको किसिम छान्नुहोस् र आफ्नो सवारीको लट नम्बर तथा सङ्केत उल्लेख गर्नुहोस् र सवारी साधन नम्बर भर्नुहोस् अनि अन्तिममा रहेको सर्च बटनमा थिच्नुहोस् ।

–  यति गरिसकेपछि यदि तपाईँले विवरणमा उल्लेख गरेको सवारीसाधन बागमती प्रदेशको यातायात व्यवस्थापन सूचना प्रणालीको सर्भरमा भेटिएको खण्डमा त्यसको विस्तृत विवरण आउँछ ।

–  आफ्नो सवारीसाधनको विवरण फेला परेको अवस्थामा दायाँबाट बायाँतर्फ स्वाइप गर्नुहोस् । त्यहाँ तपाईँले आफ्नो सवारी साधनको कर, जरिवाना सहित बुझाउन बाँकी नवीकरण दस्तुरको हिसाबकिताब देखा पर्छ । त्यसको अन्तिममा रहेको ‘पे नाउ’ लेखिएको बटनमा दबाउनुहोस् ।

–  यति गरिसकेपछि त्यहाँ तपाईँले भुक्तानी गर्न बाँकी नवीकरण दस्तुरको विवरण देखा पर्छ । त्यसको मुनीको बटनमा थिच्नुहोस् र आफूलाई पायक पर्ने कार्यालय छनौट गर्नुहोस् ।

–  अब अन्तिममा भुक्तानीका विकल्पहरू देखिन्छन्, त्यसमध्ये कुनै एउटा छनौट गर्नुहोस् र लग-ईन गरी नवीकरण दस्तुर बुझाउनुहोस् ।

–  अब नागरिक एपमा जानुहोस् र अघि आफ्नो सवारीको विवरण देखिएको स्थानमा गएर बाँयातर्फ आफूले भुक्तानी गरेको सवारी करको विवरण हेर्न सक्नुहुन्छ । त्यहाँबाट भर्खरै आफूले भुक्तानी गरेको पछिल्लो करको बिजक डाउनलोड गर्नुहोस् ।

–  अब आफ्नो अनुकूलता अनुसार कुनै बीमा कम्पनीबाट थर्डपार्टी इन्स्योरेन्स गर्नुहोस् । तपाईँले ई-सेवा लगायतका केही वालेटबाट समेत यस्तो इन्स्योरेन्स पोलिसी खरिद गर्न सक्नुहुन्छ ।

–  यति गरिसकेपछि थर्डपार्टी इन्स्योरेन्स र भर्खरै डाउनलोड गरेको बिजक प्रिन्ट गरेर ब्लुबुकको साथमा नजिकैको यातायात कार्यालय जानुहोस् ।

–  त्यहाँबाट तपाईँको ब्लुबुक नवीकरण हुनेछ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार