असार २८, २०८२ शनिबार July 12, 2025

मनाङ एघार वर्षपछि एनआरटीसँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कीर्तिमानी आठ पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता  मनाङ मर्स्याङ्दी क्लब एघार वर्षपछि न्युरोड टिम एनआरटीसँग पराजित भएको छ ।

आइतबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेसुके ओलोमोउको गोल निर्णायक बन्दा मनाङ एनआरटीसँग १-० अन्तरले पराजित भएको हो ।  खेलको २६ औं मिनेटमा मेसुकेले गोल गरे ।

पछिल्लो पटक एनआरटीले मनाङलाई ०६६/०६७ को लिगमा हराएको थियो । मनाङ ११ वर्ष पछि नै लगातार दुई खेलमा पराजित भएको हो। अघिल्लो खेलमा एपीएफसँग मनाङ पराजित भएको थियो ।

जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।  मनाङ भने १२ खेलमा २० अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया