असार २८, २०८२ शनिबार July 12, 2025

‘पाँचपोखरी टी-२०’ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता फागुन १५ गतेदेखि २२ सम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ ’पाँचपोखरी टी–२०’ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०७८ हुने भएको छ ।

प्रतियोगिता काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा यही फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा सिन्धुपाल्चोकका ८ टिमको सहभागिता रहनेछ । टिममा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने प्रावधान रहेको आयोजकले जनाएको छ ।

प्रवेश शुल्क रु. १२ हजार रहेको उक्त प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले क्रमशः रु. ७५ हजार र ४० हजार नगद, ट्रफी, प्रमाण पत्र, मेडल पाउने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो ।

विगतका वर्षहरूमा पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगिता पाँचपोखरी थाङ्पाल गाउँपालिकाको एक पालिका एक खेल मैदान र एक वडा एक मैदान अभियान अन्तर्गत सम्पूर्ण खेलमैदानहरू निर्माणको चरणमा रहेको अहिलेको प्रतियोगिता काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा गर्न लागिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया