असार २८, २०८२ शनिबार July 12, 2025

लगातार तेस्रो जितसँगै एपीएफ शीर्षस्थानमा 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एपीएफ क्लबले शुक्रबार ललितपुर मेयर्स-११ महिला टोलीलाई सात विकेटले हराउँदै ललितपुर मेयर महिला च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ललितपुरले दिएको ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे । एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ५६ रन जोडिन् । यस्तै, रोमा थापाले ११ रन बनाइन् । ललितपुरकी अनुराधा चौधरीले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको ललितपुर निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो । ललितपुरकी सुमन खतिवडाले सर्वाधिक ३० रनको योगदान गरिन् ।  यस्तै, आरती बिडारीले २१ र कप्तान सरस्वतीकुमारीले नौ रन बनाइन् ।

एपीएफकी करुणा भण्डारी र सुमन विष्टले एक विकेट लिए । प्रतियोगितामा तीन खेल खेलेको एपिएफ ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, समान तीन खेलमा पराजित ललितपुर तालिकाको पुछारमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया