असार २८, २०८२ शनिबार July 12, 2025

दिवंगत वडाअध्यक्षकाे स्मृतिमा खुल्ला भलिवल प्रतियोगिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सन्धिखर्क नगरपालिकाकाे वडा नं ८ का दिवंगत वडाअध्यक्षकाे स्मृतिमा खुल्ला भलिवल प्रतियाेगिता आयोजना भएकाे छ ।

काेभिडकाे कारण दिवंगत भएका वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालकाे स्मृतिमा आयोजना गरिएको प्रतियाेगिताकाे लुम्विनी प्रदेशका पुर्वमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् ।

प्रदेशसभा सदस्य समेत रहेका आचार्यले बल सर्भिस गरेर प्रतियाेगिताकाे उद्घाटन गरेका हुन् । प्रतियाेगितामा ९ टिमकाे सहभागिता रहेकाे छ ।

वडा कार्यालयकाे आयाेजनामा शुरु ‍ भएकाे प्रतियाेगिताकाे उद्घाटन शत्रमा सन्धिखर्क तथा भुमिकास्थान नगरपालिकाका नगर प्रमुखहरु समेत सहभागी थिए ।

प्रतियाेगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया