असार २८, २०८२ शनिबार July 12, 2025

शहीद स्मारक ’ए’ डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मछिन्द्र फुटबल क्लबले अपराजित रहदै कतार एयरवेज शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे । एपीएफका प्रदिप लामाले एक गोल फर्काए । उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ ।

यस्तै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान हासिल गर्यो । यस्तै न्युरोड टिम एनआरटीले तेस्रो स्थान हासिल गर्यो । उपविजेता बनेको आर्मीले ५० लाख प्राप्त गर्दा तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ ।

त्यस्तै मछिन्द्र फुटबल क्लबका सुनिल बल सर्वोत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट बनेका उनले नगद ३ लाख प्राप्त गरे । फ्रेन्ड्सका जमउल एन्थोनी सर्वाधिक गोलकर्ता चुनिए । ७ गोल गरेका उनले गोल्डेन बल र नगद २ लाख प्राप्त गरे ।

यस्तै मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । उनले गोल्डेन ग्लोभ्स र २ लाख नगद पाए । आर्मीका दिनेश हेन्जन इमर्जिङ प्लेयर घोषित भए । उनले १ लाख ५० हजार प्राप्त गरे ।

फेयर प्ले टिमको अवार्ड सातदोबाटो युथ क्लबले जितेको छ । विजेता टोलीलाई अर्थमन्त्री जनार्दन शर्मा लगाएतले पुरस्कार प्रदान गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार