असार २९, २०८२ आइतबार July 13, 2025

नेपाल क्रिकेट टुर्नामेन्ट आगामी फागुन २१ गते देखी लुम्बिनीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल क्रिकेट टुनामेन्ट आगामी फागुन २१ गते देखी लुम्बिनीमा हुने  भएको छ । शनिवार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे आयोजक लुम्बिनी नव युवा कल्व पडरियाले जानकारी दिएको हो ।

क्रिकेट प्रतियोगिता नेपाल र भारतका टिम बिच हुने छ । लुम्बिनी गार्डेन पडरियामा आयोजना हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ टिमको सहभागिता रहनेछ । नेपालको तर्फबाट भैरहवा वारियर्स, बुटवल युथ, धकधई क्रिकेट, रुपाकोट गुल्मी, कपिलबस्तु इलाभेन, जनकपुरधाम, रकइलाभेन स्याङ्जा, ग्रान्ड कस्मो लगायत १६ टिम खेलमा सहभागी हुनेछन् भने भारतको तर्फबाट गोरखपुर रेल्वे, अजमगड, देगोरिमा, वडहरगंज, उस्का, वडनीबजार, डुमारमाजन्ज, महारजगंज लगायत १६ टिम खेलमा सहभागी हुनेछन् ।

दुई देशका खेलाडीहरु खेलमा सहभागी हुने भएता पनि नेपालका खेलाडी नेपालकै टिम सँग र भारतका खेलाडी भारतका सँगै हुनेछ । फाइनल खेल नेपाल र भारत बीच हुने क्लबका अध्यक्ष अहमद हुसेनले बताए ।

प्रतियोगितामा विजेता टिमले १ लाख २५ हजार पुरस्कार पाउने छ भने उपविजेताले ७० हजार पुरस्कार रकम पाउने छन् । प्रतियोगिता अबधीभर उत्कृष्ट खेल्ने खेलाडीले १० हजार पाउने छन् । लुम्बिनी नव युवा क्लबले पहिलो पटक सन् २०१८ मा खेल आयोजना गरेको थियो । क्लबले अहिले चौथो पटक खेल आयोजना गर्दै छ । दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएकोले नेपाल र भारतका दर्शकहरुको ठूलो भिड हुने  आयोजकले बताएका छन् ।न्यूज अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार
आर्थिक पारदर्शितामा विश्वास गर्दै फिफाबाट एन्फालाई पुनः स्वतन्त्र फन्डिङ
२०८२ असार २९, आइतबार
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार