असार २९, २०८२ आइतबार July 13, 2025

फिफा र यूइएफएले रुसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

फिफा र यूइएफएले विश्वकप २०२२ र महिला युरोपियन च्याम्पियसिपमा २०२२ सहभागीताको लागि इन्कार गर्दै सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसी टोली प्रतिबन्ध गरेका हुन् ।

यूइएफएले रुसको राज्य नियन्त्रित गाज्प्रोमसँगको सम्बन्ध समेत तोडेको छ । गाज्प्रोम युरोपियन च्याम्पियन्स लिगको मुख्य प्रायोजक हो ।

यस अघि रुसले आगामी खेलहरु फुटबल युनियन अफ रुस (आरएफयू) को रुपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको  छ ।

रुसका राष्ट्रपती भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारवाही अघि बढाएपछि फिफाले यस्तो निर्णय गरेको हो ।

आइतबार फिफाले रुसका आगामी खेलहरु रसियन झन्डामा नभई आरएफयूको तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो ।

फिफाले रुसमाथिको प्रतिबन्ध बढाउँदै गर्दा युरोपिनय फुटबलले यसअघि नै च्याम्पियन्स लिगको फाइलन सेन्ट पिटर्सबर्गमा नगर्ने निर्णय गरिसकेको छ । यस्तै, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्रले सयुक्त रुपमा रुसमा खेल्न अस्विकार गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
२०८२ असार २९, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार
भारत-इङ्ग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी रोमाञ्चक रूपमा टाई
२०८२ असार २९, आइतबार
मेसीको दुई गोलमा इन्टर मियामीको रोमाञ्चक जीत
२०८२ असार २९, आइतबार