कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

खोपको पहुँच बाहिर रहेका जनतालाई सहजीकरण गरौं : अध्यक्ष तिमिल्सिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  कोभिड-१९ विरुद्धको खोप पहुँच बाहिर रहेका जनतालाई खोप लगाउन जनप्रतिनिधिले र  राजनीतिक दलले सहजीकरण गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित ‘कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्‌घाटन सत्रमा उनले १३ प्रतिशत नागरिकले खोप लगाउन नमानेको भन्ने रिपोर्ट आएको र केही पहुँच बाहिर रहेकाले जनप्रतिनिधिले पनि खोपको पहुँचमा ल्याउन सहयोग गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय सभामा चार वर्षे कार्यकाल बाँकी रहेका तथा नवनिर्वाचित सदस्यहरू सहभागी  कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले भने, ‘करिब १३ प्रतिशत जनसंख्या खोप लगाउन नमानिरहेको भन्ने कुरा छ । यो भ्रमका कारणले हुन सक्छ। यसमा हामीले जनतालाई सचेत गराएर खोप अभियानमा सहभागी गराउन हामी जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहन्छ ।’

राष्ट्रिय सभामा निर्वाचित भएर आउनुभएका नयाँ सदस्यहरुलाई बधाई तथा स्वागत  गर्दै अध्यक्ष तिमिल्सिनाले चैत्र मसान्तसम्म सरकारले सबै जनतालाई खोप लगाउने लक्ष्य लिएको बताउँदै त्यसलाई सफल बनाउन आ-आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे ।

‘अब स्थानीय चुनाव आउँदैछ। पार्टीका कार्यक्रममा स्वास्थ्यलाई पनि प्रथामिकता दिनुपर्छ,’ उनले भने ,  ‘राजनीतिक दलहरुले चुनावमा भोट माग्ने कामसँगै खोप लगाउनसमेत जनतालाई हात जोडेर अनुरोध गर्न म अनुरोध गर्दछु।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठन नेपालको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले चैत्र मसान्तसम्म १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइ सकिने जानकारी गराउँदै कहीँ कतै खोपको पहुँच नपुगेको भए सरकारलाई जानकारी गराउन आग्रह गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार