मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

अष्ट्रेलियन पूर्ब लेग स्पिनर शेन वार्नको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व बलर शेन वार्नको मृत्यु भएको छ । अस्ट्रेलियन टोलीका पूर्व लेग स्पिनर ५२ वर्षीय वार्नको शुक्रबार ‘शंकास्पद ह्रदयघात’ का कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् ।

वार्नले सन् १९९२ मा भारतविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।यस्तै, उनले सन् १९९३ मा भएको न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । वार्न लेग स्पिनमा उत्कृष्ट ‘टर्न’ का लागि विश्वभर प्रख्यात थिए ।

सन् १९६९ को सेप्टेम्बर १३ मा जन्मिएका वार्नले एक सय ४५ टेस्ट र एक सय ९४ एकदिवसीय गरी अस्ट्रेलियाबाट तीन सय ३९ खेल खेलेका छन् ।उनले टेस्ट क्रिकेटका दुई सय ७३ इनिङ्समा सात सय आठ विकेट लिएका छन् । यस्तै उनले एक सय ९१ एकदिवसीय इनिङ्समा दुई सय ९३ विकेट लिएका छन् ।

वार्नले टेस्ट र एकदिवसीयमा अस्ट्रेलियाबाट चार हजार एक सय ७२ रन बनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार