असोज १४, २०८३ बुधबार September 30, 2026

नेपालमा अवैध मोबाइलमाथि बैशाखबाटै प्रतिबन्ध लगाउने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले आगामी नयाँ वर्ष २०७९ को सुरुवातसँग नेपालमा अवैध मोबाइलमाथि प्रतिबन्ध लगाउने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अवैध मोबाइल नियन्त्रण गर्न वैशाख मसान्तसम्म मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा सञ्चालनमा ल्याउने बताए ।

प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले एमडीएमएस पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन् । प्राधिकरणले गत साउन १ देखि आईएमईआई नम्बर अनिवार्य गर्दै एमडीएमएस प्रणाली प्रारम्भिक रुपमा सुरु गरेको थियो ।

तर आवश्यक सम्पूर्ण उपकरण तथा पूर्वाधार तयार नभइसकेको भन्दै त्यसलाई पूर्ण रुपमा सञ्चालनमा आउन भने सकेको थिएन । पहिलो चरणमा व्यवसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्र्र्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम मार्फत गर्ने व्यवस्था मिलाइएको छ ।

साथै यस प्रणालीलाई क्रमश पूर्णरूपमा लागू गरी मोबाइलको आयात एवम् प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुरक्षित बनाइने प्राधिकरणले जनाएकाे छ । हाललाई व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिने छ ।

हाल सञ्चालनमा रही प्रयोगमा आएका मोबाइलहरू सञ्चालनमा कुने वाधा अवराेध नआउने बताइएकाे छ । तर त्यस उपरान्त अवैध रुपमा आयात हुने तथा दर्ता नभएका मोबाइल सेटहरू भने नेपालमा चलाउन नसकिने गरी प्रतिबन्ध लाग्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार