असार २९, २०८२ आइतबार July 13, 2025

एन आर टी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलबाट बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ए डिभिजन क्लब न्युरोड टिम (एन आर टी) धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

धनगढी रङ्गशालामा शुक्रवार बागमती यूथ क्लबसँग पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एन आर टी बाहिरिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा बागमतीका अमूल श्रेष्ठ, विजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे । तर सुमन राई पेनाल्टीमा चुके ।

एन आर टी का शिव गुरुङ, दीपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर, आन्द्रे थिएरी र सञ्जीव विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् । पेनाल्टी अघि एन आर टी ले दुई गोलको अग्रता जोगाउन सकेन । जसको कारण एन आर टी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार
आर्थिक पारदर्शितामा विश्वास गर्दै फिफाबाट एन्फालाई पुनः स्वतन्त्र फन्डिङ
२०८२ असार २९, आइतबार
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
२०८२ असार २९, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार