श्रावण ४, २०८२ आइतबार July 20, 2025

सामसुङले मार्च ५ देखि रुसमा आफ्नो उत्पादन नपठाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ।

यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो।

‘युक्रेनी सञ्चारमाध्यमले जनाएअनुसार विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको हो।

‘उक्त क्षेत्र वरिपरि’ मानवीय प्रयासलाई सक्रियतापूर्वक समर्थन गर्न कम्पनीले उपभोक्ता इलेक्ट्रोनिक्समा १० लाख अमेरिकी डलरसहित ६० लाख अमेरिकी डलर अनुदान पनि गरिरहेको कुरा बताएको छ।

यसअघि अमेरिकी प्रबिधि कम्पनी एप्पलले पनि युक्रेनमा रूसी सैन्य परिचालनका कारण रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न रोकेको सिएनएनले जनाएको थियो।

कम्पनीले रूसी आक्रमणको बारेमा ‘गम्भीर चासो’ व्यक्त गर्दै यसको जवाफमा यसले रूसमा ‘आफ्ना सबै उत्पादनको बिक्री रोकेको’ बताएको थियो। एप्पलले रूसभित्र एप्पल पे जस्ता डिजिटल सेवाहरूमा पहुँच सीमित गर्न र देशबाहिर रूसी राज्य मिडिया अनुप्रयोगको उपलब्धतामा प्रतिबन्ध लगाएको पनि बताएको छ।

मस्कोले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि फेब्रुअरी २४ मा रूसी सेनाहरूले युक्रेनमा सैन्य परिचालन गरेपछि सामसुङले यो निर्णय गरेको यूक्रेनी समाचारमाध्यमहरूमा जनाइएको छ। –रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार