कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

लायन्स क्लबको जोन मिटिङ्ग सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्वकै सबैभन्दा ठुलो अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ३२५ बी १ अन्तर्गत जोन १२१ को डिस्ट्रिक गभर्नर, तेस्रो एड्भाईजरी कमिटि मीटिङ्ग सम्पन्न भएको छ।

धुम्बाराहीको ‘युनिभर्सल क्याफे’ मा हालै सम्पन्न उक्त मिटिङ्गमा क्लस्टर २९, रिजन ६० अन्तर्गत जोन १२१ को जोन बैठक शत प्रतिशत क्लबको उपस्थितिमा अत्यन्त व्यवस्थित तरिकाले सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अथिति लायन NLF Co-Chief शैलेन्द्र दाहाल, बिशेष अथिति रिजन ६० का रिजन चियरपर्सन लायन नेत्र प्रसाद गुरागाँइको समेत उपस्थिति  थियो ।

बैठकमा लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहरा बर्ष २०२१ – २२ का अध्यक्ष शक्ति श्रेष्ठको अनुपस्थितिमा क्लबका प्रथम उपाध्यक्ष लायन राजाराम थापा (राजन), लायन्स क्लब अफ काठमाण्डौं डायमन्ड रेन्बोका अध्यक्ष नविन राज आचार्य, लायन्स क्लब अफ काठमाण्डौं डायमन्ड नारी शक्तिकी अध्यक्ष सुनिता भट्टराई, लायन्स क्लब अफ काठमाण्डौं डायमन्ड कोहिनुरका अध्यक्ष जयकला बस्नेत, लायन्स क्लब अफ काठमाण्डौं नलेज पार्कका अध्यक्ष महानन्द चालिसे, लायन्स क्लब अफ काठमाण्डौं नलेज ग्यालेक्सीका अध्यक्ष तुलसी पाण्डेको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराका उपाध्यक्ष आचार्य मछिन्द्र, कोषाध्यक्ष भुपेन्द्र सिलवाल लगायतको उपस्थिति रहेको थियो । बैठकमा उपस्थित प्रतिनिधीहरुले आ-आफ्नो क्लबको त्रैमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए । साथै उक्त कार्यक्रममा जोन अन्तर्गत ६ वटै क्लबका उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख अथिति लायन शैलेन्द्र दाहालले लायन्सले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो। उहाँहरुले कोभिड–१९को महामारीको समयमा समेत क्लबहरूले सामाजिक कार्यलाई निरन्तरता दिई उत्कृष्ट कार्य सम्पादन गरेकोमा गर्व महशुष गरेको बताउनु भयो ।

बिशेष अथिति रिजन ६० का रिजन चियरपर्सन लायन नेत्र प्रसाद गुरागाँइले आफ्नो मातहतका क्लबले गरेका कार्यको उच्च प्रसंसा गर्दै लायन्सले गर्नुपर्ने काम, कर्तव्य र उत्तरदायित्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

साथै क्लबले हालसम्म सम्पादन गरेका कार्य र बाँकी कार्यक्रमहरू प्रस्तुत गरेका थिए । लायन्स अन्तरराष्ट्रियको बिधी बिधान अनुसार जोन चेयरपर्सनले एक बर्षे कार्यकालमा आफ्नो माताहतमा रहेका क्लब लिएर कम्तिमा ४ वटा जोन मिटिंग गर्नुपर्ने प्रावधान रहेको छ ।

जसमा पहिलो मिटिङ्गमा वार्षिक कार्ययोजना सम्बन्धि छलफल, दोश्रोमा सदस्यता बृद्धि, तेश्रोमा लिडरशिप र चौथोमा बर्ष भरि गरेका कार्यहरूको समिक्षा सहित फेलोशिपलाई प्राथमिकता दिईने जोन चियरपर्सन अनिल कुमार थापाले बताए ।

चियरपर्सन लायन अनिल कुमार थापा क्षेत्रीको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा जोन १२१ अन्तर्गतका ६ वटै क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार