कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : मन्त्री कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।

गोरखापत्र संस्थानको अवलोकन भ्रमणका क्रममा बोल्दै मन्त्री कार्कीले सरकार तीनवटै तहको निर्वाचन समय मै सम्पन्न गर्न प्रतिवद्ध रहेको बताउनुभयो । गोरखापत्र संस्थानका कर्मचारीलाई सम्बोधन गर्दै उहाँले गोरखापत्रलाई विश्वासिलो र पठनीय बनाउने काममा जुट्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गोरखापत्रको पहुँच देशका सबै भागमा पुग्नुपर्छ । साथै यो पुगेर मात्र हुँदैन, आम मानिसले पढ्ने अखबार बनाउनु पर्छ ।’

गोरखापत्रलाई आकर्षक पठनीय बनाउन आग्रह गर्दै गोरखपत्र संस्थानको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने मन्त्री कार्कीले बताउनुभयो । सो अवसरमा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले अहिलेको समय अनुसार यस संस्थानका प्रकाशन र विषय वस्तुको गुणस्तरका साथै छपाइमा पनि सुधारको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले गोरखपत्र संस्थानले विज्ञापन वापतको धेरै रकम उठाउन बाँकी रहेको उल्लेख गर्दै त्यसका लागि विशेष ‘इन्सेन्टिभ’को व्यवस्था गरेर नयाँ योजनाका साथ लाग्न सुझाव दिनुभयो ।

सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनहरुका बारेमा जानकारी गराउँदै गोरखापत्र संस्थानका प्रकाशनलाई नयाँ डिजाइन र साजसज्जाका साथ प्रकाशन गर्न काम भइरहेको र वैशाख १ गतेबाट त्यसलाई पाठक समक्ष पु-याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार