असार २९, २०८२ आइतबार July 13, 2025

नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध दुई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने भएको छ । नेपालले त्रिदेशीय टी–२० क्रिकेट खेल्नुअघि पीएनजीविरुद्ध घरेलु मैदानमा दुई एकदिवसीय क्रिकेट खेल्न लागेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा नेपालले ११ र १२ चैतमा खेल्नेछ । यसपछि नेपालले घरेलु मैदानमा पीएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृंखला खेल्नेछ । घरेलु मैदानमा हुने शृंखला १४ चैत्रमा सुरु भई २१ गते सकिने छ ।

नेपाली टोली हाल आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि श्रीलंका पुगेको छ । श्रीलंकामा नेपालले त्यहाका स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।

डिभिजन २ मा आठ खेलबाट आठ अंक जोडेको नेपाल पाँचौ स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको ओमानले २० खेलबाट २९ अंक जोडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार