श्रावण २७, २०८३ बुधबार August 12, 2026

अहिलेसम्मकै सस्तो आईफोन ‘सार्वजनिक हुँदै’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलले २०२२ को आफ्नो पहिलो कार्यक्रम यही मार्च ८ अर्थात् मंगलबार आयोजना गर्ने भएको छ । प्रायः सेप्टेम्बर र अक्टोबर महिना जस्तो मार्च महिनाका कार्यक्रम त्यति रोचक हुने गरेका छैनन् ।

तर यस पटक भने एप्पलले आफ्नो अहिलेसम्मकै सस्तो फोन सार्वजनिक गर्ने चर्चा बजारमा निकै चलेको छ । त्यसैले पनि यस पटकको मार्च इभेन्ट विशेष हुनसक्छ ।

यस वर्षको एप्पलको पहिलो इभेन्टमा आईफोन एसई थ्री, नयाँ आईप्याड एयर र एप्पलको नयाँ सिलिकन म्याक सार्वजनिक हुने बताइएको छ । आज हामी तपाईँलाई मङ्गलबारको कार्यक्रममा सार्वजनिक हुनसक्ने सम्भावित उत्पादनहरू बताउँदै छौँ ।

आईफोन एसई फाइभजी

यस वर्ष सार्वजनिक हुने आईफोन एसई र सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईबीच धेरै भिन्नता नहुने बताइएको छ । आईफोन एसई आईफोन एटपछि सार्वजनिक गरिएको फोन हो ।

जसमा ४.७ इन्चको एलसीडी डिस्प्ले, धेरै बेजल्स, टच आईडी, होम बटम जस्ता फिचरहरू रहेका छन् । यस पटक पनि आईफोन एसईमा फेसआईडी फिचर उपलब्ध हुनेछैन ।

ए १५ चिपमा आधारित हुने यो फोन ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यो फोन एप्पलको अहिले सम्मकै सस्तो फोन हुने बताइएको छ ।

आईप्याड एयर

मार्च ८ इभेन्टको अर्को आकर्षण हुनेछ, आईप्याड एयरको नयाँ भर्सन । आईफोन एसईमा जस्तै यसको डिजाइनमा केही नयाँ परिवर्तन भने हुनेछैन । यद्यपि यो नयाँ रङ्गहरूमा सार्वजनिक हुने अनुमान छ ।

एप्पलले आईप्याड एयरलाई पनि ए१५ चिपमा अपग्रेड गर्दैछ । साथै यसमा फाइभजी नेटवर्कको सपोर्ट दिइएको छ । यसको मूल्य ५९९ अमेरिकी डलर हुने अनुमान छ ।

म्याक मिनी

एम १ चिप सहित यस पटक एप्पलले म्याकको मिनी भर्सन पनि सार्वजनिक गर्ने बताइएको छ । म्याक मिनीमा एम १ प्रो  र एम१ म्याक्स चिप प्रयोग गरिने बताइएको छ ।

जसमा १० कोर सीपीयू, आठ हाई पावर कोर र दुई हाइ इफिसियन्सी कोरहरू उपलब्ध हुनेछन् । प्रो चिपले ३२ जीबीसम्मको र्‍याम सपोर्ट गर्छ भने एम१ म्याक्सले ६४ जीबी सम्मको र्‍याम सपोर्ट गर्न सक्छ । यो पटकको म्याक मिनी नयाँ रङ्ग र नयाँ डिजाइनमा उपलब्ध हुने बताइएको छ ।

१३ इन्चको म्याकबुक प्रो

बजारमा चलिरहेका चर्चा अनुसार यस पटक एप्पलले १३ इन्चको म्याकबुक प्रोको अपडेटेड भर्सन पनि सार्वजनिक गर्दैछ । यसमा एप्पलले एम २ चिप प्रयोग गर्ने बताइए पनि अहिलेसम्म यस विषयमा कुनै निश्चित कुरा भने बाहिरिसकेको छैन । यो पटक एप्पलले १३ इन्चको म्याकबुक प्रोमा १२० हर्जको रिफ्रेश रेट उपलब्ध गराउने पनि बताइएको छ । यद्यपि यस विषयमा धेरै जानकारी भने बाहिरिएको छैन । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार