असार २९, २०८२ आइतबार July 13, 2025

महाशिलाको जित, काठमाडौं टिम च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः महाशिलाले दसौं शिरशुभा-गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगितामा मंगलबार जित हात पारेको  छ । स्याङजाको सिरुवारीमा भइरहेको प्रतियोगितामा महाशिलाले छेवाङलाई २–१ सेटमा पराजित ग¥यो ।

अन्य खेलमा भंगाराले हिलेलाई २–०, राङखोलाले दृष्टिलाई २–१, आँधीखोलाले दरौलाई २–० तथा प्रगतिशिलले क्षेत्री समाजलाई २–१ ले हराए । प्रतियोगिता स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुको आयोजना भइरहेको हो ।

काठमाडौं टिम च्याम्पियन

काठमाडौं जिल्लाले बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । १४ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै बागमती टिम च्याम्पियन बन्यो ।

बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको चितवन दोश्रो भयो । तेश्रो स्थानको धादिङले ३ स्वर्ण, २ रजत र ४ कांस्य हात पा¥यो ।

विजेतालाई नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति जितेन्द्र श्रेष्ठ, बागमती प्रदेश तेक्वन्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई ‘सेकेन्ड क्लस’ रेफ्रीमा उत्तीर्ण हुन सफल भएकोमा आयोजकले सम्मान गरेको थियो ।

आयोजकले गत पुस १५ देखि १७ गतेसम्म आयोजना गरेको मेयर कप तेक्वान्दोलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा काठमाडौं जिल्ला तेक्वान्दो संघलाई पनि सम्मान गरेको  थियो ।

त्यस्तै सोही प्रतियोगितामा पदक जित्न सफल बागमतीका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्णलाई ५, रजतलाई ३ र कांस्यलाई २ हजार नगदबाट पुरस्कृत गरियो ।

राष्ट्रिय टिम तयारीका लागि आयोजित दुईदिने छनोट प्रतियोगितामा २ सय ४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार