असार २९, २०८२ आइतबार July 13, 2025

क्वाटरफाइनल प्रवेशका लागि रियल मड्रिड र पीएसजी भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेशका लागि दोस्रो लेगमा आज (बुधबार) राति दुई महारथी क्लब रियल मड्रिड र पेरिस सेन्ड जर्मेन (पीएसजी)बीच प्रतिस्पर्धा हुँदै छ ।

स्पेनिस लिग लिडर रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरु हुनेछ । यसअघि १६ फेब्रुअरीमा भएको पहिलो लेगमा फ्रेन्च लिग लिडर पीएसजीले घरेलु मैदानमा १-० को अग्रता बनाएको थियो ।

स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टी चुकाएको खेलको अन्तिम समयमा केलियन एम्बाप्पेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

क्वाटरफाइनल प्रवेशका लागि पीएसजीलाई बराबरी काफी छ भने रियललाई कम्तिमा २-० को जित हात पार्नुपर्नेछ । यदि खेल बराबरीमा समाप्त भए पीएसजी अन्तिम आठमा स्थान बनाउनेछ ।

यसैले घरेलु मैदानमा रियल पूर्ण रुपमा दबाबमा हुनेछ । पीएसजीविरुद्ध रियलका कासेमिरो र टोली क्रुस दुबै उपलब्ध हुने छैनन् । कासेमेरो निलम्बनमा परेका छन् भने क्रुस ह्यामस्ट्रिङको समस्याबाट गुज्रिएका छन् । इडुआर्डाे कामाभिङ्गा र फेडेरिको भाल्भर्डे भने उपलब्ध हुनेछन् ।

कार्लाे एन्सेलोटीको टिममा करिम बेन्जेमा, भिनिसिअस जुनियर, मार्काे एसेन्सियो, लुका मोड्रिक लगायत खेलाडी उपलब्ध हुनेछन् ।

यता, माउरिसियो पोचेटिन्होको टोलीमा चोटका बाबजुद पनि केलियन एम्बाप्पे मैदान उत्रँदै छन् । अभ्यास क्रममा खुट्टाको चोट बोकेका एम्बाप्पे खेल्दा रियलका पूर्व कप्तान सर्जियो रामोस भने उपलब्ध हुने छैनन् । पहिलो लिगमा समेत रियलविरुद्ध खेल्न नपाएका रामोस् दोस्रो लेगमा समेत टिम बाहिर छन् ।

रियलविरुद्ध पीएसजीको अग्रपंक्ति नेयमार, लियोनल मेस्सी र एम्बाप्पेले नै सम्हाल्ने सम्भावना उच्च छ । यस्तै उनीहरूलाई मार्काे भेराट्टी, इड्रिशा गुयेले सहायता गर्नेछन् ।

आज राति एकै समयमा हुने अर्काे खेलमा म्यानचेष्टर सिटी र स्पोर्टिङ सीपीबीच प्रतिस्पर्धा हुनेछ । इंग्लिस प्रिमियर लिग लिडर सिटीले पोर्चुगिज क्लबविरुद्ध पहिलो लेगमै ५-० को अग्रता बनाएको छ । दोस्रो लेगमा समेत सिटी घरेलु मैदानमा सहज जितको खोजीमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार