असार २९, २०८२ आइतबार July 13, 2025

नेपाल–पाकिस्तान टी–२० क्रिकेट : आरएस विध्यथ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आयोजित नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विध्यथ क्रिकेट क्लबले प्राप्त गरेको छ ।

पाकिस्तानी राजदूतावासले सातौँ वार्षिक नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा प्रतियोगिताको विजेता आरएस विध्यथ क्रिकेट क्लबलाई प्रदान गरेको हो । ९ दिने क्रिकेट प्रतियोगितामा विभिन्न नेपाली क्रिकेट क्लबसहित १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उपविजेताको उपाधि नेक्सस क्रिकेट क्लबले पाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले यस वार्षिक कार्यक्रमको आयोजनामा ​​दूतावासले गरेको प्रयासको प्रशंसा गर्दै यस्ता खेलकुद कार्यक्रम आयोजना गरेर नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रचुर सम्भावना रहेको औँल्याए ।

पुरस्कार वितरण समारोहमा पाकिस्तानी राजदूतावासका राजदूत सैयद हैदर शाहले नेपाली युवामा यस वार्षिक कार्यक्रमको बढ्दो लोकप्रियताप्रति सन्तुष्टि व्यक्त गगरेका छन् ।

यो प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धको प्रमाण भएको राजदूत शाहले बताए । उनले दुई देशका युवाहरूलाई एक ठाउँमा ल्याउन पाकिस्तान र नेपालबीचको जनस्तरको सम्पर्कलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत दोहोर्‍याए ।

कार्यक्रममा विशेष अतिथि एच.ई. नेपालका लागि बङ्गलादेशका राजदूत श्री सलाहुद्दिन नोमान चौधरी, नेपालका लागि श्रीलङ्काका राजदूत एच.ई. सुश्री हिमाली अरुणतिलाका र नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष श्री रोशन सिंह लगायतको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार